May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

खनाल-नेपाल पक्षले बोलायो आकस्मिक बैठक

  • 14
    Shares

काठमाडौं, नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय संघीय तथा प्रदेशका ३२ सांसदहरुलाई स्पष्टिकरण सोध पनि खनाल नेपाल पक्षले आकस्मिक बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरको एक होटलमा जारी रहेको एक नेताले जानकारी दिएका छन् । उनका अनुसार खनाल नेपाल पक्षका काठमाडौमा उपलब्ध सांसद तथा केन्द्रीय सदस्यहरु सहभागी छन् ।

ओलीले नेपालसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेपछि खनाल-नेपाल पक्षले सांसदहरुको बैठक बोलाएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको