April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

बागमती प्रदेशको सर्वदलीय बैठक आज बस्दै

काठमाडौं, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज सर्वदलीय बैठक बोलाएका छन् । मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्री पौडेलले सोमबारका लागि ललितपुरको जावलाखेलमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको हो ।

पछिल्लो समयको राजनितिक परिवर्तनपछिको अवस्था, प्रमुख प्रतिपक्षको अवरोधका कारण स्थगित बारम्बार भइरहेको प्रदेशसभा सञ्चालन, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र पछिल्लो समयमा बढ्दै गएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको विषयमा छलफलका लागि मुख्यमन्त्री पौडेलले सर्वदलीय बैठक आह्वान गरेको प्रेस संयोजक दाहालले बताएका छन् ।

यस्तै बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूलाई मात्र खबर गरिएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको