December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

प्रधानमन्त्री ओली र विप्लवबीच पुनः भेटवार्ता, ३ बुँदे सहमति कार्यन्वयनमा ध्यानाकर्षण

काठमाडौं, आइतबार प्रधानमन्त्री निवास बालुवटारमा नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्ग बहादुर विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गरेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज तीन विषयमा सरकारसँग छलफल गरेको हो । जसमा ३ बुँदे सहमतिको कार्यान्वयन, नेकपाका नेता तथा कार्यकर्ताको रिहाई र पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल भएको थियो । 

यस्तै गत २० फागुनमा सरकार र विप्लवबीच नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो । सोही सहमतिमा विलम्ब भएको भन्दै विप्लव प्रकाण्डले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको