December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायपलट हुन्छ: प्रचण्ड

file photo

चितवन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायपलट हुने बताएका छन् । आज गृह जिल्ला चितवन पुगेर प्रचण्डले यस्तो बताएका हुन् ।

अब छिटै केपी ओली नेतृत्वको सरकार हट्ने र वैकल्पिक सरकार बन्‍ने उनले बताए । उनले भने, त्यसको अन्तिम तयारीमा हामी छौं । लगभग सबै कुरा मिलसकेको छ।’

उनले कर्णाली प्रदेशमा सरकार जोगाएको विषयमा बोल्दै भने, ‘अब केन्द्रमा पनि केही दिनमा कायापलट हुनेछ ।’

यस्तै अविश्‍वास प्रस्तावलाई फेल गराएर कर्णाली प्रदेशमा माओवादी नेतृत्व सरकार जोगाउन एमालेका चार सांसदहरूले फ्लर क्रस गरेर निर्णायक भूमिका निर्वाह गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको