April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

विकास र समृद्धि देखाएर यहाँ जनताको ढाड सेकिएको छ: सांसद महत

file photo

काठमाडौं, प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले
सरकारले राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारेको आरोप लगाएका छन् । आज प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकारले एकथोक देखाएर अर्कै काम गरेको आरोप लगाएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट जुम्लाबाट निर्वाचित सांसद महतले अहिले पेट्रोलियम पदार्थ, निर्माण सामग्री र खाद्य सामग्रीको भाउ अचाक्ली बढेको पनि बताएका छन् ।

उनले भने, ‘मेलम्चीलाई देखाएर पेट्रोल र डिजेलको भाउ बढेको छ । धरहरालाई देखाएर यहाँ डण्डी र सिमेन्टीको भाउ बढ्याछ सभामुख महोदय । विकास र समृद्धि देखाएर नुन, तेल, चामल र दालको मूल्य बढाएर यहाँ जनताको ढाड सेकिएको छ ।’

शीर्ष समाचार

धेरै पढिएको