April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

गण्डकीमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने

  • 1
    Share

काठमाडौं, गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुई मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ ।

पार्टीको निर्देशन अनुसार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर पुनले राजीनामा दिने भएका हुन् ।

उनीहरूले आज साँझसम्म राजीनामा गर्ने प्रतिबद्धता जनाएको माओवादी सांसद दीपक कोइरालाले बताएका छन् । यस्तै, संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने गरेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको