February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए पदबाट राजीनामा

कर्णाली, कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका छन् । नेकपा (एमाले)बाट आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले आज राजीनामा दिएका हुन् ।

आज पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामा घोषणा गरेका हुन् । एमाले प्रदेश कमिटीको यहीँ आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी केन्द्रको सरकारमा सहभागी माधव नेपाल समूहका तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै राजीनामा दिन निर्देशन दिएको थियो ।

पार्टीको निर्णयको दुई दिनपछि तीनैजना मन्त्रीको राजीनामा आएको हो । यसैबीच आजै एमाले प्रदेश कमिटी संसदीय बैठक बस्दैछ । बैठकअघि नै मन्त्रीहरुको राजीनामा आएको हो ।

शीर्ष समाचार

धेरै पढिएको