June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

कर्णाली प्रदेशमा नेकपा एमालेका तीन मन्त्रीले आज सामूहिक राजीनामा दिँदै

काठमाडौं, कर्णाली प्रदेश सरकारमा रहेका नेकपा (एमाले) का तीन मन्त्रीले आज सामूहिक राजीनामा दिने भएका छन् । आइतबार (हिजो) को संसदीय दलको बैठकले सरकारमा रहेका एमालेका तीन मन्त्रीलाई सामूहिक राजीनामा दिन निर्देशन दिएको थियो ।

कर्णाली प्रदेशमा एमालेले चैत ४ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहका मन्त्रीहरुले समर्थन कायम रहेको बताएका थिए ।

कर्णाली प्रदेश सरकारमा एमाले माधव नेपाल समूहका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी छन् ।

यस्तै, आइतबारको बैठकले शाहकै संयोजकत्वमा तीन सदस्य रहेको विधान मस्यौदा कार्यदलसमेत बनाएको छ भने कार्यदलमा करवीर शाही र मिना रखाल सदस्य छन् ।

शीर्ष समाचार

धेरै पढिएको