April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

ओलीले पहिला पार्टीमा गुण्डालाई भित्र्याए, अहिले पुँजीपतीलाई: झलनाथ खनाल

  • 3
    Shares
file photo

काठमाडौं, नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीले पहिले गुण्डा र अहिले पुँजीपतिहरुलाई पार्टी सदस्य बनाएको बताएका छन् ।

आज नेपाल खनाल पक्षको काठमाडौँ जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै नेता खनालले गुण्डा र पुँजीपति दुवै पार्टी सदस्य हुन नसक्ने बताएका हुन् ।

‘पहिला ओलीले गुण्डालाई पार्टीमा भित्र्याए । अहिले पुँजीपतीलाई पार्टी सदस्यता दिने गरेका छन्। के उनीहरु पार्टी सदस्यताका लागि योग्य छन्?’, खनाल भने, ‘उनीहरु समर्थक होलान्, मतदाता होलान । तर, विधानले तोकेको मापदण्ड पूरा गरेका छैनन्।’


उनले ओलीमा रहेको दक्षिणपन्थी अवसरवादको उपज आजको परिस्थिति सिर्जना भएको बताएका छन् । खनालले भने, ‘ओलीमा रहेको दक्षिणपन्थी अवसरवादको उपज आजको परिस्थिति सिर्जना भएको हो । उनमा यही हाबी भयो, त्यस्तै कार्यशैली देखियो । दक्षिणपन्थी अवसरवादले अग्रगतिको काम हुन दिँदैन, विचार–विमर्श गर्दैन, पार्टीभित्र असहज स्थिति पैदा गर्छ। अहिले भएको यही हो ।’

शीर्ष समाचार

धेरै पढिएको