April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

डीपीआर भएको छैन, लागत कति लाग्छ थाहा छैन, बालुवाटार बसेर सडक शिलान्यास रे! 

  • 10
    Shares
file photo

काठमाडौं, नेकपा एमालेका निलम्बित नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले डीपीआरबिनै सडक बालुवाटारबाट शिलान्यास गरेर तमासा मात्रै गरेको बताएका छन् ।

आइतबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारबाट १६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक/एक वटा सडकको शिलान्यास गरेका थिए ।

नेपालले भने ‘केपी ओलीका तमासा पनि कति । बालुवाटार बसेर एकै दिन १६५ सडक शिलान्यास रे । ती सडकको डीपीआर भएको छैन, लागत कति लाग्छ थाहा छैन । बालुवाटार बसेर स्वीज थिचेर शिलान्यास । त्यो तमासा मात्रै हो । त्यसको कुनै अर्थ छैन । जनता कुरा हैन काम चाहन्छन् । जनताको मन जित्न कुराले हुँदैन । काम गर्नुपर्छ । कम्युनिष्ट पार्टीलाई विर्सजनको दिशामा लान खोज्नु भयो । हामी कम्युनिष्ट पार्टीलाई सही बाटोमा लैजान चाहन्छौं ।’

नेता नेपालले आफूहरु नै आधिकारिक एमाले भएको भन्दै ओलीले गरेको कारबाहीको कुनै अर्थ नरहेको भनाइ दोहोर्‍याए । ओली पक्षबाट पूर्वाग्रहपूर्ण व्यवहार भोगिरहेका कार्यकर्तालाई जोगाउन र उत्साहित गर्न आफूहरु लागेको उनले बताए ।


शीर्ष समाचार

धेरै पढिएको