April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

नेपाल-खनाल समुहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गर्ने

  • 17
    Shares

काठमाडौं, नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले काठमाडौँ जिल्लामा समानान्तर जिल्ला कमिटी घोषणा गर्ने भएको छ । त्यसका लागि आइतबार उक्त समूहले काठमाडौं जिल्लास्तरीय भेला बोलाएको छ ।

हाल सो भेला भएको र भेलामा वरिष्ठ नेता नेपाल र खनालसहित स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टी एक नेताले बताएका छन् ।

यसअघि शनिबार नेपाल खनाल पक्षले ‘पार्टी एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ दुई महिने संगठन बिस्तार र सुदृढीकरण अभियान घोषणा गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको