April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

कांग्रेसले माग्याे प्रधानमन्त्रीओलीकाे राजिनामा,नेतृत्वमा जान अग्रसर

  • 89
    Shares
Nepali Congress President Sher Bahadur Deuba and senior leader Ram Chandra Paudel attending a party’s meeting in Nayabaneshwor, Kathmandu, on Tuesday, August 23, 2016. Photo: RSS

काठमाडौं ,चैत २१ – नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै सरकारको नेतृत्वका लागि अघि बढ्ने निर्णय गरेको हो । साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय गरेको छ ।

यसअघि काँग्रेसले स्थिति परिपक्व नभएको भन्दै नेतृत्वका लागि अघि बढ्न निर्णय लिन सकेको थिएन । काँग्रेसभित्र सभापति शेरबहादुर देउवा नेतृत्वका लागि बढ्न मानिरहेका थिएनन् । उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वका लागि बढ्न नमाने विकल्पमा अन्य नेतालाई सार्नुपर्ने प्रस्ताव राखेका थिए । काँग्रेसले ओलीइतर समिकरणबाट सरकारको नेतृत्व लिन माओवादी केन्द्र र जनता समाजवादी पार्टीको साथ हुनुपर्छ । तर, जसपाले पनि सरकारको नेतृत्वको दाबी गर्दै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको