April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

नेपाल-खनाल पक्षको बैठक: ओलीको नेताहरुलाई कारबाही गर्ने निर्णयको भर्त्सना

काठमाडौं । झलनाथ-माधव पक्षको स्थायी समिति बैठकले माधव नेपाल लगायतका नेताहरूमाथि कारबाही गर्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निर्णयको भर्त्सना गरेको छ ।

आज बसेको झलनाथ-माधव स्थायी कमिटी बैठकले ओलीको कदमको भर्त्सना गरेको हो । केही दिनअघि अध्यक्ष ओलीले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए ।

नेता भीम रावलले एमालेको नवौं महाधिवेशनले तय गरेको विधानविपरीत एकलौटी रुपमा महाधिवेशन आयोजक समिति गठन गरेर अवैध अध्यक्ष बनिसकेका ओलीले कारवाही गर्नुको अर्थ नरहेको बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको