April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

साझा पार्टीमा दुई युवा संगठन समायोजन, असोजमा महाधिवेशन सम्पन्न गर्ने तयारी

काठमाडौं, विवेकशील साझा पार्टीको युवा संगठन समायोजन कार्यदलले पार्टीका दुई युवा संगठन समायोजन गरेको छ ।

पूर्व साझा पार्टी निकट साझा युवा संगठन र पूर्व विवेकशील नेपाली दल निकटको नव युवा सञ्जाल समायोजन भई विवेकशील साझा युवा संगठन गठन भएको हो ।


समायोजित संगठनमा दुवै पक्षबाट समानताका आधारमा ६ जना पदाधिकारी, केन्द्रीय सचिवालयमा  २८ जना र केन्द्रीय समितिमा ६६  जना सदस्य रहनेछन् ।

प्रदेश र जिल्ला समितिहरु पनि सम्मानजनक सहभागिताका आधारमा समायोजन गरिने घोषणापत्रमा उल्लेख छ । २०७८ सालको आश्विनमा युवा संगठनको प्रथम महाधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ ।

समायोजन घोषणापत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै पार्टी संयोजक मिलन पाण्डेले मुलुकको संविधान, संवैधानिक लोकतन्त्र, नागरिक सर्वोच्चतालाई शिरोपर गर्दै वैकल्पिक राजनीतिलाई सशक्त रुपमा अघि बढाउन र युवा वर्गमा आकर्षण ल्याउन सिर्जनशील सुसंस्कृत राजनीतिक केन्द्रको रुपमा  विवेकशील साझा युवा संगठन उभिने बताएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको