May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

लापरवाहीपूर्वक ढिलो गरिएका विषय क्षम्य हुन सक्दैन: गृहमन्त्री थापा

  • 8
    Shares

काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताएका छन् ।

बुधबार गृह मन्त्रालयमा आव २०७७/७८ को दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न पनि सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिनुपर्ने बताए । गृहमन्त्री थापाले सुरक्षा क्षेत्रमा गरिने लगानी जनताको सुरक्षा र स्वाधिनतासँग जोडिएको बताए । उनले भने, “तथ्याङ्कले सीमामा बिओपीको सङ्ख्या थप्दा चोरी, तस्करी नियन्त्रण हुने र त्यसले समग्रमा ठूलो मात्रामा राजस्व वृद्धि भएको देखाएको छ । यसले पनि सुरक्षामा गरेको लगानी खेर जाँदैन भन्ने देखाउँछ ।”

मन्त्री थापाले गृहमन्त्रालय र सोअन्तर्गतका निकायको दोस्रो चौमासिक अवधिसम्मको प्रगति विवरण सन्तोषजनक रहे पनि पर्याप्त नरहेको उल्लेख गर्दै कार्यशैली परिमार्जन गरेर भएपनि ठोस उपलब्धि ल्याउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

“हामीले तोकिएका हाम्रा लक्ष्यहरु किन समयमै पूरा गर्न सकेनौँ, कोभिडका कारणले सम्पन्न हुन नसकेको विषयमा ठिकै छ तर लापरवाहीपूर्वक ढिलो गरिएका विषय क्षम्य हुन सक्दैन”, उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको