May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

ओली केही पनि होइनन्, न आन्दोलन न संगठन, गुटको अर्को नाम मात्र हो: नेता नेपाल 

  • 11
    Shares

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली पार्टीभित्रको समस्या रहेकोे  बताएका छन् । उनलेले आफू समस्याको समाधान भएकाले केपी ओली एण्ड कम्पनीले आफूलाई गरेको कारबाहीको अर्थ नभएको प्रतिक्रिया दिएका हुन ।

नेपालले जनताको मुक्तिका लागि आफूहरु निरन्तर लागिपर्ने पनि बताए । बुधबार युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले भने, ‘केपी ओली त केही पनि होइनन् । न आन्दोलन न संगठन । केपी ओली भनेको गुटको अर्को नाम मात्र हो । माधव नेपाल समाधान हो ।’

उनले उनले केपी ओलीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने भन्दै आफूहरुले फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलालाई उचित नमानेपनि मान्न बाध्य भएको बताए ।  

०७५ जेठा भन्दा पहिलेको  बिन्दुमा ओली आएमा र फागुन २८ को अवैधानिक कदमलाई फिर्ता लिएमात्रै ओलीसँग सहकार्यको सानो त्यान्द्रो बाँकी रहेको उनले बताए । ‘उहाँ सुध्रिनु्हन्छ भने लाग्दैन । तर आशाको सानो त्यान्द्रो भने बाँकी छ ।’ उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको