July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

नेताहरुकै अगाडि नेपालले भने: “महन्थ र मिनेन्द्रको कृपा रहेसम्म यो सरकार रहिरहन्छ”

file photo

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले नै पार्टी संगठन र राजनीतिक आन्दोलनबाट खुट्टा कमाएर भाग्नुपर्ने अवस्था नआएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित नागरिक आन्दोलनको बहसमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘पार्टी संगठन र आन्दोलनबाट खुट्टा कमाएर भाग्नु पर्ने अवस्था अहिले नै आएको छैन’, नेता नेपालले भने, ‘कस्तोकस्तो ज्यान भएका त लागेका छन् भने अहिलेसम्म मेचीदेखि महाकालीसम्म हिँड्नसक्छु।’ 

वरिष्ठ नेता नेपालले राजनीतिक हिसाबले जनतालाई गोलबन्ध गर्ने बाटोमा अझैसम्म लागेको प्रष्ट पारेका छन् । उनले इतिहासमा लामो कार्यकालको अनुभव भएको र समयको नाडी छाम्नुपर्नेमा जोड दिँदै त्यसपछि झ्याप्प मौका छोप्ने बताएका छन् । 

यस्तै, प्रधानमन्त्री केपी ओलीलाई हटाएको कहिले देख्छौँ भनेर प्रा.कृष्ण खनालले सोधेको प्रश्नको उत्तर दिँदै नेता नेपालले भने, ‘महन्थ र मिनेन्द्रको दया र कृपा रहेसम्म यो सरकार रहिरहन्छ।’ आजको उक्त कार्यक्रममा भने महन्थ ठाकुर, मिनेन्द्र रिजाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेतको सहभागी छ । 
 

शीर्ष समाचार

धेरै पढिएको