August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । फागुन १३ गते मस्तिष्कघात भएर उपचाररत उनको आज शुक्रबार चैत १३ गते निधन भएको हो ।

अस्पतालले राती ८ः२४ बजे निधन भएको जानकारी दिएको स्वकीय सचिव पुष्करराज पाण्डेले जानकारी दिएका छन् । चिकित्सकहरूले ८ः २४ मा निधन भएको खबर दिएको उनको भनाइ छ ।

उनलाई फागुन १३ गते राती स्वास्थ्यमा समस्या देखिएपछि परिवारले वीर अस्पतालमा पुर्‍याएका थिए । परिक्षणका क्रममा उनको मस्तिष्कमा रगत जमेको भन्दै वीर अस्पतालले तत्कालै नर्भिकमा रेफर गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको