June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

नेपाल– खनाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, नेकपा एमाले माधव नेपाल– झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । कलंकीस्थित मेघा पार्टी प्यालेसमा १२ बजेबाट उक्त बैठक सुरु भएको हो ।

पार्टीले सोधेको प्रस्टीकरणपछि नेपाल–खनालको केन्द्रीय कमिटी बैठक बसेको हो । केन्द्रीय कमिटी बैठकपछि नेपाल–खनाल पक्षले सांसदहरूसँग पनि परामर्श गर्ने बताइएको छ ।

आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले बोलाएको संसदीय बैठकमा जाने नजानेबारे उक्त भेलाले टुंगो लागाउने छ ।

शीर्ष समाचार

धेरै पढिएको