June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

एमाले खनाल–नेपाल समूहले पनि बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौं, नेकपा एमालेको खनाल–नेपाल समूहले भोलि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक बोलाइको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा पार्टीको पछिल्लो विवादका विषयमा नै छलफल हुनेछ । यस्तै भोलि नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माले पनि भोलि एमाले संसदीय दलको बैठक बोलाएको छ ।

यसअघि गत शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण माग्ने निर्णय गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको