June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

प्रधानमन्त्री ओलीको सोचले देश आत्मनिर्भरको अवस्थामा: कृषिमन्त्री अर्याल 

file photo

काठमाडौं, कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी आर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीको सोचले देश आत्मनिर्भरको अवस्थामा पुगेको दाबी गरेकी छिन् । उनले प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारले एकाएक फड्को मारेको दाबीसमेत गरेकी हुन् ।

आज कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कृषि चौतर्फी सम्भावना भएको क्षेत्र भएको र कृषिका सबै क्षेत्रमा आत्मनिर्भर भएको घोषणा चाँडै गर्ने बताएकी छिन् ।

शहर बजारमा पशुपालनका ठूला–ठूला फर्म सञ्चालन भइरहेको बताउँदै उनले आगामी पाँच वर्षको स्थिर सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुन लागेको बताइन् ।

‘पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा’ नामका कार्यक्रममा बोल्दै उनले अबको पाँच वर्षभित्र कृषिका धेरै वस्तुमा आत्मनिर्भर मात्र होइन ठूलो मात्रामा निर्यात गर्ने समेत दाबी गरिन् ।

शीर्ष समाचार

धेरै पढिएको