April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

  • 9
    Shares

काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत २० गते बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत २० मा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको छ ।

पार्टीको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएका कारण यसबारे छलफल गर्ने एजेन्डा रहेको उनल बताए । चैत १० गतेसम्म क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्नु पर्ने भए पनि ९ जिल्लाले क्रियाशील वितरणका काम सुरू नै गरेका छैनन् ।

यस्तै सोमबार यसबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको