April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

प्रधानमन्त्रीसँग जसपाले माग्याे १० मन्त्रालय,माग पूरा गर्न ओली तयार

  • 34
    Shares

काठमाडौं, जनता समाजवादी पार्टी, नेपालका माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन् । फागुन २३ गतेपछि जसपाका नेताहरुसँग प्रधानमन्त्री ओलीले लगातार छलफल गरिरहेका छन् । यो बीचमा जसपाले अघि सारेका माग पूरा गराउनको लागि एमाले र जसपा नेपाल नेताहरु सम्मलित कार्यदल समेत गठन गरेको छ । कार्यदलका सदस्यहरुपनि नियमित छलफलमा छन् ।

मंगलबारमात्रै, प्रधानमन्त्री ओलीसँग अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतोसहित कार्यदलका सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले भेटेका थिए । आजको भेटवार्ता सकारात्मक भएको नेता कर्णले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनकाअनुसार जसपाका माग पूरा गराउनको लागि प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।

सरकारमा जानेगरि नै जसपा र प्रधानमन्त्रीबीच छलफल भएको उच्च स्रोतले जनाएको छ । ठाकुर र महतोको पक्षमा २६ जना सांसद उभिएको जनाईएको छ । पछिल्लो समय सरकारमा जानेकि नजाने भन्नेबारे जसपाभित्र विवाद छ । अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी भन्दै सत्ता सहकार्य गर्न नहुने सार्वजनिक रुपमै अभिव्यक्ति दिएका छन् ।

यादवसँगै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि ओलीलाई विदा गर्नुपर्ने भन्दै उनीसँग सहकार्य गर्न नहुने अडान लिएका छन् । तर, ठाकुरको पक्षमा दुई तिहाईभन्दा बढि सांसद उभिने भएपछि प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यको लागि ठाकुर र महतो अघि बढे उनीहरु मौन बस्ने पनि बुझिएको छ ।

स्रोतकाअनुसार प्रधानमन्त्रीसँग ठाकुर र महतोले दश वटा मन्त्रालय दिन माग गरेका छन् । तर, प्रधानमन्त्रीले ८ वटा मन्त्रालय दिने सहमति जनाएका छन् । आगामी एक साताभित्रै सरकारमा जानेगरि प्रधानमन्त्री ओलीसँग ठाकुर र महतोको भेटवार्ता चलिरहेको छ । photo file

शीर्ष समाचार

धेरै पढिएको