April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको तयारी

  • 19
    Shares

काठमाडौं, गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनमा जाने तयारी गरेको छ । सो फैसलाको पुनरावलोकनका लागि आज माओवादीले कानून व्यवसायीसँग परामर्शसमेत गरेको हो । 

सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी केन्द्रको एकीकरण खारेज गरेसँगै पूर्ववत् अवस्थामा फर्काउने निर्णय गरेको थियो ।

सो पार्टीका प्रमुख सचेतक देव प्रसाद गुरुङका अनुसार माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको सो छलफलमा सहभागी कानून व्यवसायीले पनि सर्वोच्चले माग दाबीभन्दा बाहिर गएर फैसला गरेकाले पुनरावलोकनमा जान सकिने बताएको छ । फैसलाको पुनरावलोकनका लागि ६० दिनभित्र प्रक्रिया अगाडि बढाउनुपर्ने कानूनी व्यवस्था छ । 

शीर्ष समाचार

धेरै पढिएको