July 28, 2021, Wednesday
२०७८ श्रावण १४, बिहीबार

एमाले ओली पक्षद्वारा नेपालसहित ४ नेतालाई स्पष्टीकरण माग

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटीका तर्फबाट स्पष्टीकरण मागेको छ । आज बिहान चारै नेतालाई पत्र पठाइएको हो । 

एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वर रिजालका अनुसार केन्द्रीय कमिटीको निर्णयअनुसार पार्टीको नीतिविपरीत गतिविधि गरेको आरोपमा वरिष्ठ नेता नेपालसहित उनी पक्षका भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरणका लागि ओली पक्षले सोमबार पत्र पठाएको हो ।

शीर्ष समाचार

धेरै पढिएको