April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

“माधव–प्रचण्डले सडकबाटै अध्यक्ष र पार्टीबाटै निस्कासन गरे, धन्न नागरिकता चाहिँ खोसेनन्”

  • 137
    Shares
file photo

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र नेपाल-खनाल समूहले आफ्नो नागरिकतासमेत झण्डै खोसेको टिप्पणी गरेका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमालेको संसदीय बैठकमा उनले यस्तो बताएका हुन् ।

बैठकमा बोल्दै उनले भने, ‘माधव–प्रचण्डहरुले सडकबाटै अध्यक्ष र पार्टीबाटै निस्कासन गरे । धन्न नागरिकता चाहिँ खोसेनन् ।’ आफूहरुप्रतिको षड्यन्त्र सफल हुन नदिने भन्दै ओलीले खनाल–नेपाल पक्षले राष्ट्रिय भेलाको नाममा गरेका अवाञ्छित, गुटगत भेलाले पार्टी र कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने कसरत गरेको बताए ।

कार्यकर्ता र जनतामा भ्रम सिर्जना गरेको भन्दै उहाँले पार्टीमा फर्कन चाहनेलाई स्वागत गर्ने बताउनुभयो । स्पष्टिकरण सोधेर पार्टीमा फर्किन दिने र उचित जिम्मेवारी पनि दिने उहाँले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौती पनि दिएका छन् । ‘प्रधानमन्त्रीबाट राजीनामा माग्नेहरुलाई अविश्वास प्रस्ताव राख्न चुनौती दिन्छु ।”

शीर्ष समाचार

धेरै पढिएको