April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

एमालेको नेपाल पक्षसँग पार्टी एकता हुनसक्छ: अध्यक्ष प्रचण्ड

file photo

सिन्धुली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले एमालेको माधब नेपाल पक्षसँग पार्टी एकता हुनसक्ने बताएका छन । आज सिन्धुलीमा अगुवा कार्यकर्तासँगको भेलामा उनले कम्युनिष्ट पार्टीको एकताको नीति अनुसार नेपाल समूहसँग एकता हुनसक्ने बताएका हुन ।

उनले बृहत्तर कम्युनिष्ट एकता अझै आवश्यकता भएको भन्दै एमाले माओवादी केन्द्र र अरु कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्छ भन्ने मिसनबाट पछि नहट्ने बताएका हुन् ।

अध्यक्ष दाहालले नयाँ सरकार गठनका लागि दलहरुबिच छलफल चलिरहेकाले अहिले नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्न नसकिने उल्लेख गरेका छन् । उनले माओवादी केन्द्र र काँग्रेस मिलेर आलोपालो प्रधानमन्त्री चलाउने चर्चा हुँदै आएको भएपनि निर्णय भने भइनसकेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको