August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

सरकार निर्माणबारे कांग्रेस र जसपासँग छलफल गर्न माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता समीकरणबारे छलफल गर्नुपर्ने भन्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  कांग्रेस र जसपासँग छलफल गर्न जाने जानकारी दिएका थिए ।

केन्द्रीय सदस्य युवराज चौलागाईंले भने, ‘हामीले ओलीको प्रतिगामी कदमविरुद्ध संघर्षरत दलहरुसँग छलफल र सहकार्य गर्ने निर्णय गरेका थियौं । आजै कांग्रेस र जसपासँग छलफल गर्ने अध्यक्ष प्रचण्डले बैठकमा जानकारी दिनुभयो ।’

सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरवलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने निर्णय भएको केन्द्रीय सदस्य चौलागाईंले बताएका छन् ।

सोमबारको बैठकमा २० जना नेताहरुले आफ्नो धारणा राखेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । अब केन्द्रीय समितिको बैठक केही दिनका लागि स्थगित गरिएको पनि उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको