April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार

प्रधानमन्त्री ओलीले आज नेपाल पक्षसँग भेटवार्ता गर्दै

काठमाडौं, नेकपा एमालेको दुई समूहबीच आज छलफल हुने भएको छ । केही बेरमा पार्टी कार्यालय धुम्बाराहीमा हुने सो भेटवार्तामा नेकपाभित्र देखिएको पछिल्लो विवादमा केन्द्रित भएर छलफल हुने नेताहरुले बताएका छन् ।

छलफलमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल समेत सहभागी हुने भएका छन् । गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक यो औपचारिक छलफलमा जुट्न लागेका हुन् ।

वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् । यस्तै खनाल नेपाल समूहबाट झलनाथ खनाल र माधव नेपालसहित अन्य दुई नेता सहभागी हुने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको