April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले आज बिहानै स्थायी कमिटी बैठक बस्दै छ ।

शनिबार बिहान ९ बजे बस्ने उक्त बैठकमा नयाँ सत्ता समीकरण र एमालेमा गएका नेतालाई कारबाहीलगायत विषयमा छलफल गर्ने तयारी रहेको छ ।

माओवादी केन्द्रनिकट एक नेताका अनुसार शुक्रबार नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको