July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

राप्रपाद्वारा प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । बुधबार राप्रपा केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा तथा ध्रुवबहादुर प्रधानद्वारा जारी गरिएको विज्ञप्तिअनुसार, पार्टीको विधानअनुसार अध्यक्ष त्रयले उनीहरुलाई मनोनयन गरेका हुन् ।

प्रदेश १ का अध्यक्ष रामकुमार थापा र उपाध्यक्ष सगुनसुन्दर लावली‚ प्रदेश २ का अध्यक्ष रामरायचन्द्र राय र महेशलाल महासेठलाई मनोनयन गरिएको छ ।

यस्तै‚ गण्डकी प्रदेशका अध्यक्ष हेमजंग गुरुङ र उपाध्यक्ष महेश्वर रोक्का‚ लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदय र उपाध्यक्ष कैलाश गुरुङलाई मनोनयन गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको