August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

पुनर्स्थापित प्रतिनिधि सभाको दोस्रो बैठक आज बस्दै

काठमाडौं, पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ । संघीय संसदका महासचिव भरतराज गौतमका अनुसार बुधबार दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ७ वटा अध्यादेश पेश गरिने छ ।

बैठकमा बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ ।सोमबारको बैठकमा पेस भएर पारित हुन नसकेका विधेयकहरु आजको बैठकमा पनि पेस हुने संसद सचिवालयले जनाएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन ११ गते पुनर्स्थापित गरेपछि पहिलो बैठक फागुन २३ गते बैठक बसेको थियो । 

नेकपाको प्रचण्ड-नेपाल समूहको तर्फबाट सांसद् भीम रावलले बोलेपछि प्रचण्ड-नेपाल समूहका सांसदले उक्त बैठक बहिष्कार गरेका थिए भने कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै बैठक अवरुद्ध गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको