March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

सभागृहमा सार्वजनिक हुनुअघि विप्लवद्वारा शीर्ष नेताहरूसँग छलफल

काठमाडौं, कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा सार्वजनिक हुनुअघि पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । सरकारसँगको वार्ता सफल भएपछि विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् ।

सरकारसँग पार्टीका तर्फबाट वार्ताका लागि गठित समितिका शीर्ष नेताहरूसँग विप्लवले काठमाडौंमा भेटेका हुन् । उनले आजै मात्र रिहा भएका पार्टीका नेता धर्मेन्द्र बास्तोला लगायतको टोलीसँग भेटेका हुन् । 

यस्तै सरकार र विप्लव समूहबीच भएको सहमति सार्वजनिक गर्न आज २ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ । कार्यक्रमलाई प्रधानमन्त्री ओली, विप्लव लगायतले सम्बोधन गर्दैछन् ।

शीर्ष समाचार

धेरै पढिएको