April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

  • 2
    Shares

काठमाडौं, नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बुढानिलकण्ठस्थित निवासमा बैठक बोलाएका हुन् ।

बैठकमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई बोलाएको बताइएको छ । सो बैठकमा संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे साझा धारणा बनाउने प्रयास हुने भएको छ ।

फागुन २३ गते बस्ने संसद बैठकमा कुन रुपमा प्रस्तुत हुने भन्नेबारे पदाधिकारी बैठकले तय गर्नेछ । शीर्ष तहमा धारणा तय गरेर त्यसलाई संसदीय दल र केन्द्रीय समितिले अनुमोदन गर्ने कांग्रेस नेताहरुले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको