April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

नेपाली कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

file photo

काठमाडौं, प्रमुख प्रतिपक्षी काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । फागुन २१ गते शुक्रबार दिउँसो १ बजेका लागि उक्त बैठक बोलाइएको हो ।

२३ गते बस्ने संसद बैठकमा सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ । बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीले बताएका छन् । 

नेकपा आधिकारिकता टुंगो नलागेसम्म कांग्रेसले तत्काल कुनै निर्णय नलिने बताइएको छ ।प्रतिनिधिसभा विघटनदेखि पुनःस्थापना र नयाँ सत्ता समीकरणका लागि गृहकार्य भैरहेको बेला बस्न लागेको यो बैठकलाई चासोका साथ हेरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको