April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

आज पनि उद्घाटन र शिलान्यासका लागि प्रधानमन्त्री ओली मोरङ र झापा जाँदै

  • 22
    Shares

काठमाडौं, मुलुकका विभिन्न स्थानमा उद्घाटन र शिलान्यासका लागि तिव्र दौडधुप गरिररहेका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि यस्तै सिलसिलामा झापा र मोरङ पुग्ने भएका छन् ।

जसका लागि उनी बिहान ११ बजे झापाको भद्रपुर पुग्ने कार्यक्रम छ भने त्यसपछि मध्याह्न साढे १२ बजे प्रधानमन्त्री ओलीले विपन्न परिवारका लागि त्यहाँको अनारमनी नगरपालिकाले निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरण गर्नेछन् ।


त्यसलगत्तै उनले बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली दिउँसो ३ बजे मोरङको उर्लाबारी पुग्नेछन् र एकीकृत सन्थाल बस्तीको शिलान्यास गर्ने कार्यक्रम छ ।यसपछि प्रधानमन्त्री ओली आजै साँझ काठमाडौं फर्किने कार्यकतालिका छ ।

शीर्ष समाचार

धेरै पढिएको