April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

डेढवर्ष प्रतिपक्षमा बसेर दुई तिहाइको बहुमतसहित सरकारमा जानेछौं: प्रधानमन्त्री ओली

  • 27
    Shares
file photo

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले विधि तथा प्रक्रियामार्फत नयाँ सरकार बनाउन नेकपाका प्रचण्ड–नेपाल पक्षलाई सुझाव दिएका छन् । सोमबार पोखरामा आयोजित नेकपा ओली पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रक्रियाबाट प्रचण्ड–माधव नेपाल वा जो प्रधानमन्त्री बनेपनि आफूहरुलाई कुनै फरक नपर्ने उनले बताए ।

‘विधि प्रक्रियामार्फत आउनुस् हामी मान्छौँ’ सोमबार पोखरामा आयोजित आफू निकट नेकपाको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मानेर केही हुँदैन डेढ वर्षसम्म हामी प्रतिपक्षमा बस्छौँ, डेढवर्ष प्रतिपक्षमा बसेपछि हामी दुई तिहाइको बहुमतसहित हामी सरकार जानेछौं । ’

उनले आफूहरुलाई कुनै ढाँट छल र तिकडम गर्नु नभएको भन्दै ओलीले आफूहरुको एकमात्र उद्देश्य देश बनाउनु भएको पनि दावी गरे ।

सम्बोधनका क्रममा उनले भने, ‘यस पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले ममाथि प्रहार केन्द्रीत छ । तपाईंहरु अनौठो नमान्नु होला यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ ।’

शीर्ष समाचार

धेरै पढिएको