April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

प्रचण्ड–नेपाल समुहको सचिवालय बैठक सम्पन्न

file photo

काठमाडौं, प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बसेको सो बैठक केहीबेर अघि सकिएको बैठकमा उपस्तिथित एक नेताले जानकारी दिएका छन् ।

सो नेताले बैठकमा समसामयिक राजनीतिक विषय र २३ गतेका लागि बोलाइएको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बताए ।

सर्वोच्चले संसद पुनर्स्थापनाको फैसला गरेसँगै नयाँ सत्ता समीकरण गठनको तयारीमा रहेको प्रचण्ड–नेपाल समूहले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको छलफललाई तीव्रता दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको