July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

पूर्व सांसद एकनाथ रानाभाटको निधन

भरतपुर, नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद एकनाथ रानाभाटको सोमबार ६६ वर्षको उमेरमा निधन भएको छ ।

मस्तिष्कघातका कारण गत १६ दिनदेखि चितवन मेडिकल कलेजमा उपचार भएका रानाभाटको आज दिउसो निधन भएको हो ।

१६ दिन अघि उच्च रक्तचापका कारण घरमै लडेका उनलाइ चितवन मेडिकल कलेजमा ल्याएर भर्ना गरी उपचार गरिएको थियो । उनी अचेत अवस्थामा नै अस्पतालमा उपचार हुँदै गर्दा उनको निधन भएको हो ।

उनको पार्थिव शरिर भोलि बिहान ७ बजे नारायणगढस्थित कांग्रेस जिल्ला कार्यालयमा एक घण्टा राख्ने र दिउँसो देवघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको