July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

प्रदेश प्रमुख बर्खास्ती र नयाँ नियुक्तिप्रति नेपाली कांग्रेसको विरोध

काठमाडौं, नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा भएको प्रदेश प्रमुख बर्खास्ती र नियुक्तिको विरोध गरेको छ । सरकारले शुक्रबार तिलक परियारलाई पदमुक्त गरेर रौतहटका राजेश झालाई प्रदेश प्रमुखमा नियुक्ति दिएकाेप्रति कांग्रेसले विरोध जनाएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेस विरोध र भत्सर्ना गर्दछ।’

सरकारले प्रदेश प्रमुखको गरिमा घटाउँदै लगेको कांग्रेसको ठहर छ । कांग्रेसले निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक भएको बताएको छ ।

‘सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ,’ विज्ञप्तिमा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको