April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

सर्वोच्च अदालतलाई विश्वास गरौं न प्लिज: सभापति देउवा

नुवाकोट, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको विश्वास गर्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।

आज कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिको भवन उद्घाटनका क्रममा उनले भने, ‘संविधान सम्बन्धी कुरा, कानुन नियमको कुरा गर्ने अदालत बाहेक को छ यहाँ ? अदालतलाई विश्वास गरौं न प्लिज । अदालतलाई विश्वास नगरेर कसको गर्ने यहाँ ?’

अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत किन चाहियो भन्ने देउवाको प्रश्न थियो ।उनए भने, ‘अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत हटाइदिए भयो त । जसले बढी धक्म्याउछ उसको कुरा माने भइहाल्यो नि’

उनले भने, ‘चुनाव हुँदै हुँदैन भनिरहेका छन् । चुनाव भयो भने नि ? चुनाव हुन्छ, हुन्छ, हुन्छ । तयार हुनुस् । पार्लियामेन्ट फिर्ता भयो भने भयो, भएन भने त चुनाव हुन्छ नि । ओलीले चुनाव नगरेर सुख पाउँछ यहाँ ?’

शीर्ष समाचार

धेरै पढिएको