July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

नेपाली कांग्रेसको १४औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने

काठमाडौं, नेपाली कांग्रेसले १४औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनको कार्यतालिका तय गरेको हो । 

बुधबार महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पेस गरेको प्रस्तावमा छलफल गरी तल्ला तहको अधिवेशनको कार्यतालिका केही फेरबदल गरेको र केन्द्रीय महाधिवेशन ७ देखि १० भदौसम्म काठमाडौंमा गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार कांग्रेसले महाधिवेशनअघि क्रियाशील सदस्यहरूको विवरण तयार गर्न केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको छ ।

यस्तै बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ सदस्य रहेको समिति गठन गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको