April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं, प्रधानमन्त्री केपी शर्माओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।राष्ट्रपतिलाई भेट्न मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोगबाट सिधै शितल निवास पुगेका हुन् ।

निर्वाचनबारे विवाद भइरहेका बेला आयोगमा पुगेर निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन राख्न आग्रह गर्दै प्रधानमन्त्री ओली आयोगबाट शितल निवास पुगेका थिए ।

राष्ट्रपतिसँगको उक्त भेटमा प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएको ओली निकट स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद बैठकले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशका जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही जानकारी दिन प्रम ओलिशीतल निवास पुगेको उनीनिकट स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको