February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

प्रचण्ड-नेपाल पक्षले २८ गते राजधानीमा दोस्रोपटक शक्ति प्रदर्शन गर्दै

  • 10
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भएसँगै यी दुई समुहमा प्रदर्शन र सभाको प्रतिस्पर्धा चलिरहेको छ । यसैबेला नेकपा प्रचण्ड–नेपाल समूहले २८ माघमा दोस्रोपटक राजधानीमा शक्ति प्रदर्शन गर्दैछ ।

माघ ९ गते प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले पहिलोपटक शक्ति प्रदर्शन गरेको थियो । त्य्सलगत्तै ओली समूहले २३ माघका लागि शक्ति प्रदर्शनको मिति तोकेपछि प्रचण्ड–नेपाल समूहले फेरि दोस्रोपटक शक्ति प्रदर्शनको तयारी थालेको थियो । 

‘पथिक’ले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनकारी, प्रतिक्रान्तिकारी कदमविरुद्ध देशव्यापी रूपमा जनआक्रोश बढ्दै गएकाले २८ माघको प्रदर्शनमा अघिल्लो पटकभन्दा दोब्बर जनसहभागिता रहने दाबी गरे ।

प्रधानमन्त्रीको प्रतिगमन र प्रतिक्रान्तिकारी कदमविरुद्ध देशव्यापी रूपमा जनता आन्दोलित हुँदै गएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक सूर्य सुवेदीले बताएका छन् । संवैधानिक परिषद्बाट संवैधानिक अंगहरूमा गैरसंवैधानिक र गैरकानुनी नियुक्तिपछि जनआक्रोश झन् चुलिएको उनको भनाइ छ । सुवेदीले थपे, ‘त्यसकारण यसपटकको बृहत् आमसभामा अघिल्लो पटकभन्दा दोब्बर जनता सहभागी हुनेछन् ।’

शीर्ष समाचार

धेरै पढिएको