April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

अहिले प्राप्त अवसरलाई सदुपयोग गर्दै कांग्रेसले हैसियत बुझेर अगाडि बढ्नुपर्छ: नेता पौडेल

  • 5
    Shares
file photo

दमौली, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् ।

शनिबार रिपोर्टस् क्लबले दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताए । नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक धु्रवीकरणले कांग्रेसलाई सो अवसर प्राप्त भएको चर्चा गरेका छन् ।

“कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ”, पौडेलले भने । वरिष्ठ नेता पौडेलले कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको पौडेलको भनाइ थियो ।

शीर्ष समाचार

धेरै पढिएको