March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

“आठ–दश हजार मान्छे अगाडि देख्दा कत्रो धाक ? आमसभा कस्तो हुन्छ २३ गते हेर्नू”

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले आफूहरूले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् ।

शुक्रबार राजधानीमा पेसागत विशेष जिल्ला ब्युरोका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले २३ माघमा वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनी देखाउने बताएका हुन् । 

उनले शुक्रबार नेकपा प्रचण्ड–माधव नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे । उनले भने, ‘अहिले भर्खर रत्नपार्कमा होसियार भाषण गरिरहेको सुनेँ, आठ–दश हजार मान्छे अगाडि देख्नुभएछ, भुइँमा खुट्टै थिएन ।’

विरोध सभालाई देशभरबाट अलिअलि मान्छे जम्मा भएको ओलीको टिप्पणी रहेको छ । दाहाल-नेपाल बाह्य शक्तिको इशारामा देशको विरोध गरेले ओलीको आरोप छ । उनले यस्ता मानिसहरूलाई सत्ता परे देशको स्वाधीनता नरहने, भौगोलिक अखण्डताको अर्थ नहुने नक्सा पनि फेरिने बताएका छन् ।

आगामी निर्वाचनले लोकतन्त्र बलियो बनाउने, संविधान हरण गर्न नसक्ने गरि जनताको हकअधिकार तलमाथि हुन नदिने उनको भनाई थियो ।

शीर्ष समाचार

धेरै पढिएको