
नागरिकता विधेयकले महिला र पुरुष लाई विभेद गरेकाे भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा लाई सच्याउन माग गरेका छन् । महिला र पुरुषबीच विभेद कोर्न नहुने उनकाे भनाइ छ । संविधानले नै महिला र पुरुषबीच समानता सुनिश्चित गरेकाले छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य नहुने उनले बताएका छन्।
सभापति देउवाले हालै संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा पारित भएको नागरिकता सम्वन्धी ७ वर्षे प्रावधानको पनि विरोध गरेका छन्। महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने अनि समानताको अवधारणा–मर्मअनुरुप नागरिकता विधेयक अघि बढाउन म नेकपासँग माग गर्दछु’ भन्दै बुधबार देउवाले फेसबुकमा स्टाटस राखेका छन् ।
देउवाको फेसबुक स्टाटस जस्ताकाे तस्तै






