कोरोना संक्रमणबाट नेकपा केन्द्रिय सदस्य यादवको निधन
- hamro_kantipur
- २०७७ माघ १

काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समुहका नेकपाका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको कोरोना संक्रमणको कारण निधन भएको छ ।
दोस्रो संविधानसभाका सदस्य रहेका यादवको गए राति २ बजे टोखास्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको उनका पारिवारिक स्रोतले जानकारी दिएका छन् ।
पहिलेदेखि नै किड्नीको समस्याबाट पीडित भएका उनी कोरोना संक्रमण पुष्टि भएपछि यादवको स्वास्थ अवस्था झनै जटिल बनेको थियोे ।
पूर्व खानेपानी राज्यमन्त्री यादव अहिले भने भूमी व्यवस्था तथा सुकुम्बासी आयोगका सदस्य थिए ।
शीर्ष समाचार
- प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको आपत्ति
- प्रधानमन्त्री कप क्रिकेट: प्रदेश २ लाई चार विकेटले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा
- बृहत् नागरिकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि दर्जनौँ अभियन्ता घाइते
- चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई हिजो आयोगले खत्तम पार्दिएछ: प्रम ओली
- थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्