नेकपा दाहाल-नेपाल पक्षले आज तीनवटा प्रदेशमा बृहत कार्यकर्ता भेला गर्दै

काठमाडौं, नेकपाको दाहाल-नेपाल समूहले आज तीनवटा प्रदेशमा बृहत कार्यकर्ता भेला गर्दैछ । दाहाल-नेपाल समूहले प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गर्न लागेको हो ।
गण्डकी प्रदेशस्तरीय भेलामा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पोखरा जाँदैछन् । पार्टीमा आन्तरिक मतभेद सिर्जना भएपछि अन्य प्रदेशमा जस्तै गण्डकीमा पनि दुवै समूहको छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन् ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दाहाल-नेपाल समूहले दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको छ ।
सोमबार सो समूहले लुम्बिनी, प्रदेश एक र सुदुरपश्चिममा बृहत कार्यकर्ता भेला गरेको थियो ।
प्रतिकृया दिनुहोस्