January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

नेकपा दाहाल-नेपाल समूहले आज देशभर प्रदर्शन गर्दै

  • 1
    Share

काठमाडौं, विभाजित नेकपाको दाहाल-नेपाल समूहले आज देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधिभा पुनर्स्थापनाका लागि दवाब दिने र प्रधानमन्त्रीले असंवैधानिकरुपमा संसद भंग गरेको विषयमा जनतालाई सचेत गराउन दाहाल-नेपाल समूहले आन्दोलन थालेको हो ।

काठमाडौं उपत्यकासहित सबै जिल्लामा दाहाल-नेपाल समूहले आज विरोध जुलुस तथा सभाको आयोजना गरेको छ । काठमाडौंमा विभिन्न एघार ठाँउबाट जुलुस र त्यसपछि भृकुटीमण्डपमा सभाको आयोजना गरिएको छ ।

टेकु, लैनचौर, नक्साल, घण्टाघर, रत्नापार्क र बागबजार क्षेत्रबाट जुलुस निस्कने कार्यक्रम छ । भृकुटीमण्डपको सभालाई अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । प्रदर्शनी मार्गको बीच सडकमा मञ्च बनाएकाले पद्मोदय मोडबाट गाडी डाइभर्सन गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको